काठमाडौं : नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा भएको आगलागी दमकल र प्रहरीको सक्रियतामा नियन्त्रण भएको छ। दिउँसो करिव साढे ३ बजे आगलागी शुरु भएको थियो ।
केहीले इन्द्रेणीको सातौं तलामा रहेको रेष्टुराँमा आगो लागेको बताए पनि प्रहरीले जीमखाना रहेको तलामा आगो लागेको बताएको छ। आगलागी उचाइमा भएकोले नियन्त्रणमा केही कठिनाई भएको बताइएको छ।
आगलागीको कारण नखुलेको र काठमाडौं महानगरपालिकाको दमकलले आगो भर्खरै निभाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।