|

काठमाडौं : काठमाडौं उपत्यकासहितका ८ जिल्लामा कोरोनाविरुद्धको फाइजर खोप लगाउने समय केही पछि सर्ने भएको छ।

यसअघि सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा कोभिडविरुद्धको फाइजर खोप दिने तालिका सार्वजनिक गरेको थियो।

तर फाइजर खोप आउन ढिला हुने भएपछि खोप लगाउने तालिका केही समय पछि सर्ने भएको हो।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाले जनाए अनुसार कोभ्याक्स सुविधाअन्तर्गत किशोरकिशोरीलाई लगाउन ६ लाख २० हजार मात्रा फाइजर खोप आउने भनिएकोमा तालिका केही दिन पछाडि सरेको बताए।

‘यसअघि भनेको मितिमा आउने भनिएको खोप सो मितिमा नआउने भएको छ तर कहिले आउने भन्ने मिति आइसकेको छैन’‚ उनले भने।

२४ डिसेम्बरमा खोप आउने बताएपछि सरकारले १३ पुसदेखि काठमाडौं सहितका आठ जिल्लामा खोप अभियान सुरु हुने निर्णय गरेको थियो।

सरकारले प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने बताएको छ ।

यसबाहेकका ५७ जिल्लामा भने मोडर्ना खोपको पहिलो मात्रा चलिरहेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.