|

काठमाडौं : न्याय परिषद्ले भोलि बुधवारका लागि न्याय सेवा आयोगको बैठक बोलाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन्।

जबराको राजीनामा माग गर्दै बार एशोसिएसनले आन्दोलन गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका हुन्। आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरूको परीक्षाको नतिजा प्रकाशनका लागि बैठक बोलाइएको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.