|

काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाका ३२ वटा सुकुम्बासी बस्तीलाई सरकारले बजेट निकासा नगरे ऋण खोजेर भए पनि  व्यवस्थित गर्ने बताएकी छन्।

डेमोक्रेसी रिसोर्स सेन्टर र मार्टिन चौतारीले मंगलबार गरेको भर्चुअल छलफल ‘​कहाँ पर्छन् शहरी योजनामा भूमिहीन सुकुम्बासी ?’ मा उनले यस्तो बताएकी हुन्।

संरचना निर्माणका लागि यसै वर्ष प्रक्रिया अघि बढाउने उनले बताइन्।

उनले भनिन्, ‘काठमाडौंका विभिन्न ३२ सुकुम्बासी बस्ती व्यवस्थित गर्ने कार्यक्रम ल्याउँछु, बजेट निकासा नभए सहयोग र ऋण खोजेर भए पनि व्यवस्थित गर्छु, तर वास्तविक सुकुम्बासी हो होइन, यसको छानबिनचाहिँ हुनुपर्छ।’

सरकारको लालपुर्जा दिने अवधारणा गलत रहेको भन्दै सबैलाई लालपुर्जा दिन नसकिने मन्त्री झाँक्रीले बताइन्।

उनले भनिन्, ‘मेरो जीवनमै आवाजविहीन वर्गको मुद्दा बोक्ने हो, वास्तविक सुकुम्बासी भएमात्र राज्यसँग संरचना माग्नुपर्छ, किनकि यहाँ धेरै भूमिहीन दलाल हाबी छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.