मन्त्रीकाे संख्या १८ पुग्ने

|

हेटौंडा : बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लागेको छ। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज नेपाली कांग्रेसबाट ३/३ जना मन्त्री र राज्यमन्त्री नियुक्त गर्दैछन्।

कांग्रेस स्रोतले दिएको जानकारी अनुसार कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल नियुक्त हुने भएका छन्।

त्यस्तैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र रजनी अमात्य जोन्छे उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्ने पक्का भएको छ।

यसअघि कांग्रेसले ३ मन्त्री र दुई राज्यमन्त्री पाउने भनिएकोमा एकजना राज्यमन्त्री थपिने भएको हो। मुख्यमन्त्री पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन यसअघि नै आठ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्‍याएका थिए। हाल प्रदेशमा ११ मन्त्री र एकजना राज्यमन्त्रीसहित १२ जना सरकारमा छन्।

जसमा कांग्रेसबाट स्वास्थ्यमन्त्री र भौतिक पुर्वाधार मन्त्री यसअघि नै बनिसकेका छन्। आज ६ मन्त्री थपिएसँगै बागमती प्रदेशमा १८ जना मन्त्री हुनेछन्। उनीहरूलाई आज साँझ नै शपथग्रहण गराउने तयारी गरिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.