|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।​ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ४ सय ४७ जनामा गरिएको परीक्षणमा एक सय ६७ जना संक्रमित थपिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। 

यस्तै, आज २२६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४ हजार ९ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। 

हाल देशभर ८१ जना संक्रमित आइसियु र २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.