|

ढाका : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल  एक खेलअगावै फाइनलमा स्थान बनाउन सफल भएको छ।

आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो।

अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक बनाएर फाइनलमा पुग्दा अर्को टोलीको टुंगो भने श्रीलंका र उज्वेकिस्तानबिचको खेलले तय गर्नेछ।

श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार बेहोरेको उज्वेकिस्तानको ९ अंक छ।

किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन।

 आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायो।

बंगलादेशको ढाकास्थित मिरपुरमा रहेको शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपाल बलियो मानिएको उज्वेकिस्तानविरुद्ध पहिलो सेटबाटै राम्रो लयमा देखिएको थियो।

पहिलो सेट सहज रूपमा २५-२० ले खेल आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेटमा २५-२३  र अन्तिम तथा निर्णायक सेटमा २५-१४ ले खेल जित्न नेपाल सफल भयो। यसअघि नेपालले श्रीलंका, माल्दिभ्स र बंगलादेशलाई पराजित गरेको थियो

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.