|

काठमाडौं : साताको पहिलो दिन आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ७१ अंकले वृद्धि भएर २ हजार ५९१.४२ अंकमा पुगेको छ।

नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँको कारोबार भएको छ। पछिल्लो केहिदिनयता २–३ अर्बमा सीमित हुन पुगेको शेयर बजारमा आज ५ अर्बमाथिको कारोबार भएको छ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ। बैंकको आज एकैदिन ३२ करोड ७ लाख ४९ हजार ७३६ रुपैयाँको कारोबार भएको छ।

त्यस्तै, हिमालयन डिस्टिलरीको २६ करोड ६६ लाख, नेपाल लाइफ इन्स्यारेन्सको १९ करोड ७ लाख, शिवम् सिमेन्ट्सको १५ करोड ५२ लाख र नेपाल टेलिकमको १३ करोड ३३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.