|
नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। तस्वीर : शिला तिम्सिना

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्नेतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।

नेकपा (माओवादी केन्द्र) को ८ औँ महाधिवेशनमा आइतबार अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्नेतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन्।

उनले राजनीतिक दलहरू शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, जनताको पीडा र वेदनाहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनसके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्न सकिने बताए।

अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै  काम र व्यवहार जनताले अनुभूत हुने गरी राजनीतिक दलहरूले काम गर्नुपर्ने बताए।

‘हाम्रो ध्यान असमानता अन्त्य गर्ने कुरामा हुनुपर्छ। अन्याय अन्त्य गर्ने कुरामा, विभेद समाप्त गर्ने कुरामा, शोषण, उत्पीडन समाप्त पार्ने कुरामा, जनताको पीडा र वेदनाहरू सम्बोधन गर्ने कुरामा केन्द्रित हुनुपर्छ। त्यसोभए मात्र हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ,' अध्यक्ष नेपालले भने, 'राजनीतिक पार्टीले जनताको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्छ। जनताको विश्वास जित्न कुरा मात्र पर्याप्त छैन, काम र व्यवहार जनताले हेर्न चाहन्छन्। काम र व्यवहारमा कहाँ चुक्यौँ त्यसको समीक्षा गरौँ। गरिबी अन्त्य गर्न पार्टीका नेताहरूबीच छलफल हुनुपर्छ।’

अध्यक्ष नेपालले भ्रष्टाचार निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरूले जनताको मन जित्न नसक्ने भन्दै परिवर्तन, नेपाली जनताको हितका लागि हुनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.