|

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका थली बस्ने सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय राजमान तामाङको उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो। पहेँलो पुलबाट शिवचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०१७ प ९८२७ नम्बरको मोटरसाइकल राति करिब १२ बजे पल्टिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ।

यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–७ केशरीमार्गमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक करिब ३२ वर्षीय पुरुष रहेका छन्। मलंगवास्थित जिल्ला अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे उनको मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन। ना ४३ प ५०१८ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा सरकारी नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ अर्घाछापमा आइतबार बेलुकी पौने सात बजे नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट लु ४९ प २०७७ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमाका ३८ वर्षीय टिका राना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.