|

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमबार फेरि रात्रिकालीन निषेधाज्ञा (कर्फ्यू) लगाउने निर्णय गरेको छ।

ओमिक्रोन भेरिएन्ट संक्रमित बिरामीको सङ्ख्या बढेपछि सरकारले यो घोषणा गरेको हो।

सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो।

पछिल्लो २४ घण्टामा दिल्लीका २ सय ९० थप व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ।

उक्त सङ्ख्या पछिल्लो ६ महिनायताकै सर्वाधिक भएको बताइएको छ।

पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सयभन्दा बढी छ। 

भारतमा पछिल्लो २४ घण्टामा करिब ७ हजार नयाँ सङ्क्रमित देखिएको संघीय सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। 

हालसम्म भारतमा ४ सयभन्दा बढी व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएका बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.