|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन्।

सोमबार सुरु भएको बन्द सत्रमा प्रचण्डले अहिले आफ्नो राजनीतिक दस्तावेज पेश गरिरहेका हुन्। उनीपछि स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन्।

प्रचण्डको वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि बन्द सत्रमा समूह विभाजन गरी छलफल सुरु गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।

बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.