|

काठमाडौं : दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले वृद्धि भएको छ।

बुधबार नेप्से परिसूचक र कारोबार रकमसमेत मंगलबारको तुलनामा सामान्य  सुधार भएको छ। आज नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ।

त्यस्तै, आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि  ०.०१ अंक बढेको छ।

आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। मंगलबार ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको थियो।

नेप्से परिसूचकका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२१ प्रतिशत बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८४ प्रतिशत, होटल तथा प्रशोधनको ०.५७ प्रतिशत, लघुवित्तको ०.२४ प्रतिशत, म्युचुअल फण्डको ०.१३ प्रतिशत, जलविद्युतको ०.०९ प्रतिशत र बैंकिङ्ग उपसमूहको ०.०४ प्रतिशत बढेको छ। तर, विकास बैंक ०.७ प्रतिशत, व्यापार र जीवन बीमाको ०.५ प्रतिशत घटेको छ।

आज  कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।  दोस्रो नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.