|

दाङ : दाङमा बुधबार बेलुका एउटा घरमा आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

बबई गाउँपालिका-७ कृष्णपुर निवासी पूर्णबहादुर वलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय राजकुमार डाँगीले जानकारी दिए।

उनका अनुसार बेलुकी करिब ६ बजेतिर घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ। 

आगोलाई स्थानीयले करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए।

खरको छानो भएको घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको जानकारी उनले दिए।

घरमा ठूला मान्छे नभएको अवस्थामा र बालबालिकाहरू मात्र हुँदा आगलागी के कारणले भएको हो नखुलेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.