|

काठमाडौं : इंलिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ। 

गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। चेल्सीकालागि रोमेलु लुकाकु र बइटनका लागि डेनी वेलबेकले गोल गरे। 

यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले ब्रेनफोर्टलाई पराजित गरेको छ। पाहुना टोली सिटीले ब्रेनफोर्टविरुद्ध १– ० गोलको संघर्षपूर्ण जित निकालेको हो। उसको जितमा फिलफोडेनले गोल गरे। 

गएरातिको जितसँगै सिटीले शीर्ष स्थानको अंक दूरी ८ ले बढाएको छ। उसको २० खेलबाट ५० अंक छ । त्यस्तै दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.