|

पर्सा : सशस्त्र प्रहरीले बाराबाट बिहीबार ३ राउण्ड गोली लोड गरेको पेस्तोलसहित दुईजना भारतीय पक्राउ गरेको छ।

बाराको सिम्रौनगढ क्षेत्रबाट अहिले साँझ सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

अटोमेटिक पेस्तोल सहित उनीहरू पक्राउ परेको सशस्त्र प्रहरी बल बर्दिवास वाहिनीका वाहिनीपति तथा प्रदेश २ प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले पुष्टि गरे। विस्तृत विवरणका लागि केही समय पर्खनु पर्ने सशस्त्र प्रहरीले जनाएको छ।

केही दिनअघि धनुषा र सर्लाहीमा हतियारसहित दुईजना पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.