|

काठमाडौं :  गंकी धुस्वाँ-बसुन्धरा प्रतिष्ठानले दुई पुरस्कार घोषणा गरेको छ।

प्रतिष्ठानका सचिव प्रतिसरा सायमिद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा २०७८ सालको गंकी धुस्वाँ-बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की 'निहारिका'लाई र धुस्वाँ सायमि सिर्जना पुरस्कार कलाकार गोविन्दलालसिं डङ्गोललाई प्रदान गरिने निर्णय गरेको छ।

दुवै पुरस्कारको राशी जनही ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ। 'निहारिका'ले आफ्नो उपन्यास 'द्रौपदी अवशेष'का लागि उक्त पुरस्कार प्राप्त गरेकी हुन्।

गंकी धुस्वाँ-बसुन्धरा पुरस्कारको लागि साहित्यकार विमल भौकाजीको संयोजकत्वमा कवि नवीन चित्रकार र कवि प्रतिसरा सायमि सदस्य रहेको समिति तथा धुस्वाँ सायमि सिर्जना पुरस्कारको लागि कलाकार हरिप्रसाद वैद्यको संयोजकत्वमा कवि सुरेशकिरण मानन्धर र कवि प्रतिसरा सायमिसहितको छनोट समिति गठन गरिएको थियो।

उक्त दुवै पुरस्कार यही आउँदो माघ १ गते प्रदान गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.