हेटौंडा : उत्तरी मकवानपुरको सिमभञ्ज्याङ यतिबेला हिउँले ढाकेको छ ।
पानी परेर चिसो बढेसँगै बुधबार बिहान परेको हिउँ शुक्रबार घाम लागेसङ्गै सिमभञ्ज्याङलाई चाँदीजस्तै टल्काएको छ। हिउँले सिमभञ्ज्याङको दृश्य मनमोहक देखिन्छ। मकवानपुरको पर्यटकीय क्षेत्र मध्येको एक सिमभञ्ज्याङमा यतिबेला हिउँ खेल्न आउने पर्यटकहरुको भीड लागेको छ ।
कोरोना महामारीले गर्दा लामो समयदेखि शिथिल बनेको सिमभञ्ज्याङको पर्यटन हिमपात भएसङ्गै पुनः जुरमुराउन थालेको महसुस यहाँका पर्यटन व्यवसायीले गरेका छन्। यतिबेला सिमभञ्ज्याङमा मकवानपुर लगायत देशका विभिन्न स्थान सङ्गै छिमेकी मुलुक भारतबाट पनि हिउँ खेल्नेहरू आइपुगेका छन् ।
भारी हिमपातका कारण स्थानीय बासिन्दाको दैनिकी भने कष्टकर बनेको छ। हिउँको कारण त्रिभुवन राजपथ हुँदै हिँड्ने सवारी साधनहरु सहजै सन्चालन हुन सकेका छैनन्। बाटोमा भएको हिउँ पन्छाउँदै केही सिमित सवारी साधनहरु मात्रै सन्चालन भइरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।