|

पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो अवधिमा विश्वभर साढे ५ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमध्ये रसियामा ९१२, अमेरिकामा ७११, पोल्याण्डमा ६३८, जर्मनीमा २४४, भियतनाममा २२६ र युक्रेनमा २०९ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।

हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ५२ हजार नाघेको छ। झण्डै ३ करोड सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.