|

काठमाडौं : नेकपा (माओवादी) केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ।

बिहान करिब सवा ११ बजे सुरु भएको बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइरहेका छन्। 

पुस ११ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनले आज नेतृत्व चयन गर्दै सक्ने तयारी गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउनेछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ। बहुपदीय अवधारणा अगाडि सारेको माओवादीले सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ। 

हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने पक्कापक्की छ। वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ। 

महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन्। यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.