​निर्वाचनको संशोधित कार्यतालिका पनि प्रभावित

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र केन्द्रीय कमिटी चयन गरेर सकिने भएको छ। अध्यक्ष मण्डलले बन्दसत्र सुरु गर्ने तयारी गरेपछि प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन्। 

सर्वसम्मत नेतृत्व चयनका लागि महाधिवेशनस्थल प्रज्ञा भवनमै स्थायी कमिटी बैठक जारी रहेको नेता लीलामणि पोखरेलले जानकारी दिए। स्थायी कमिटी सकिएलगत्तै बन्दसत्र सुरु हुने उनको भनाइ छ। 

आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्दसत्र सम्पन्न गर्ने तयारी छ। केन्द्रीय कमिटी चयन भएपछि केन्द्रीय कमिटी नै पदाधिकारी चयन गर्ने भएको छ। 

दिउँसो १ बजे बन्दसत्र सुरु हुने र २ बजेदेखि निर्वाचन प्रकृया थालिने संशोधित कार्यतालिका पनि पछाडि धकेलिएको छ। आठौँ राष्ट्रिय महाधिवेशनको आठौं दिन आज नेतृत्व सहमतिबाटै टुंग्याउने माओवादीको तयारी छ। केन्द्रीय समिती र पदाधिकारी टुंग्याउनेबारे छलफल भइरहेको छ। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको सहमतिमै केन्द्रीय समिति र पदाधिकारी घोषणा गर्ने पहल गरिरहेका छन्। माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत समानुपातिकबाट केन्द्रीय कमिटी निर्माण गर्ने बताएको छ। 

हिजोदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरे पनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकेर सहमतिमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.