|

काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र स्थगित भएको छ। आजै चार बजे बस्ने गरी बन्दसत्र स्थगित भएको हो।

केन्द्रीय समिति सदस्यहरूको नामावली टुंग्याउन स्थायी समितिको बैठक जारी छ। उक्त बैठकले नाम टुंग्याउने र बन्दसत्रमा प्रस्तावित गर्ने तयारी गरिएको थियो।

बन्दसत्र सुरु हुने भनेर महाधिवेशन प्रतिनिधिहरू हलमा प्रवेश गरिसकेका थिए। तर स्थायी समिति नै नसकिएपछि बन्दसत्र स्थगित गरिएको हो। स्थायी समितिले केन्द्रीय समिति सदस्यको अतिरिक्त पदाधिकारीको नामसमेत टुंग्याउने तयारी गरिरहेको बुझिएको छ।

नेतृत्व चयन गर्न नसक्दा महाधिवेशन लम्बिएको छ। निर्वाचन कमिटीले मतदानका लागि संशोधित तालिका प्रकाशित गरेपनि त्यो अनुसार प्रक्रिया अघि बढ्न सकेको छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.