|

काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले आगामी माघ १२ गते हुने राष्ट्रियसभामा  सदस्य निर्वाचन कुन पार्टीले कति सिट  पाउने भनी भागबण्डा लगाएका छन्।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले थाहाखबरलाई दिएको जानकारीअनुसार कांग्रेसले आफ्नो ३ सहित थप ३ पाउने, माओवादीले आफ्नो ४ सहित थप एक पाउने त्यस्तै, एकीकृत समाजवादीले पनि आफ्नो ४ सहित थप एक पाउने सहमति बनेको छ।

त्यस्तैगरी, गठबन्धनका अन्य दल जसपाले दुई सिट र जनमोर्चाले एक सिट पाउने सहमति बनेको पनि उपाध्यक्ष पौडेलले जानकारी दिइन्।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्।

राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ सिट खाली हुँदैछ।

एमालेलाई आफ्नो ८ सिट जोगाउनुपर्ने चुनौती छ। राष्ट्रपतिबाट मनोनीत हुने एक स्थानबाहेक १९ सिटका लागि आगामी माघ १२ गते चुनाव हुँदैछ। राष्ट्रियसभामा प्रदेशसभा सदस्य र गाउँपालिका/ महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.