पाँचवटा ‘अलच्छिन‘ एकैचोटी पसेपछि देशकाे ढुकुटी रित्तियाे : केपी ओली

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनप्रति कटाक्ष गरेका छन्।  

राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘भर्खरै एउटा महाधिवेशन सकियो। समाजवादको नेपाली बाटो भन्ने एउटा पुस्तक पनि देखियो। कति साह्रो ढाँट्न सकेको, पार्टी फुटाउने, आफ्नो  पार्टीको सरकार ढाल्ने, अर्काको पछाडि लाग्ने मित्रलाई सत्रु घोषणा गर्ने, प्रतिस्पर्धीलाई मित्र ठान्ने अनि समाजवाद रे!’

प्रचण्ड र माधव नेपाललाई संकेत गरेर ओलीले लक्ष्य एउटै भएकाले फरक बाटोमा हिँड्नुको अर्थ नभएको बताए। 

ओलीले भने, ‘६४ प्रतिशत मत भएको आफ्नै पार्टीको सरकार ढालेर विपक्षीसँग हिँड्दैमा समाजवाद आउँदैन। अहिले पाँच दल भनेका छन्। गति लक्ष्य उद्देश्य केही मिलेको छैन। अस्ति हामीले साझा कार्यक्रम भन्ने पनि देखौँ मिलेको केही छैन। जनतालाई भ्रम छर्ने भनेर लागिरहेका छन्।’ 

प्रचण्ड-माधवलाई घिसारेर सँगै लान खोज्दा पनि उनीहरू आफ्नो बाध्यताले छुट्टिएर हिँडेको टिप्पणी गरेका छन्। आफ्नो सरकारको बेलामा देशमा विकासको लहर आएको दाबी गरे। जनमतले नभएर सर्वोच्च अदालतको परमादेशले आफूलाई सरकारबाट हटाएको बताए। 

आफूलाई सेटिङ मिलाएर आफूलाई हटाएको आरोप लगाउँदै ओलीले अहिले सर्वोच्च अदालत संवैधानिक बाटो छाडेर कान्लाबाट हिँड्नुपर्ने अवस्थामा पुगेको बताए। राष्टियता र देश विकास गर्नुपर्छ भन्ने एमालेमा भन्दा अरू कोहीसँग नभएको दाबी गरे। 

ओलीले भने, ‘अहिले ६ महिनामा बैंकमा पैसा छैन। ऋण लिन गयो भने पैसा पाइँदैन। जेसुकै धरौटी राखोस्। किनभने बैंकमा पैसा नै छैन। यत्रो बिना आयोजना किन काट्नुपर्‍यो? बजेट छुट्याइएको छ। मान्छेहरू कहिले कहिले अलच्छिन पस्यो भन्छन् नि। अलच्छिन पसेर यस्तो भएको। ५ वटा अलच्छिन एकैचोटी पसेपछि ढुकुटीको हालत के होला?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.