|

काठमाडौं : सातोको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ३२.०३ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार ६ सय १६ दशमलव ९४ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८६ अंकले बढेर चार सय ८७.८७ को विन्दुमा पुगेको छ। आज कारोबार पनि साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। व्यापार समूह सर्वाधिक ७.०४ प्रतिशतले उकालो लागेको आज लघुवित्त समूह २.८८ प्रतिशतले बढेको छ।

बैंकिङ समूहमा १.४६ प्रतिशत, विकास बैंक समूहमा १.६८ प्रतिशत, वित्त समूहमा २.०५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७६ प्रतिशत, जलविद्युत समूहमा ०.३६ प्रतिशत, लगानी समूहमा १.८६ प्रतिशत, जीवन बीमा समूहमा ०.६४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२ प्रतिशत, निर्जीव बीमा समूहमा ०.५१ प्रतिशत र अन्य समूहमा ०.१७ प्रतिशतले वृद्धि भएको छ। उत्पादन तथा प्रशोधन समूहमा भने ०.०३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनी ८२ लाख ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँमा किनबेच भएका छन्।

हिमालयन डिस्टिलरीको सर्वाधिक २८ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको आज अपी पावरको १८ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

शिवम सिमेन्टको १६ करोड २६ लाख रुपैयाँ, नबिल बैंकको १४ करोड ९३ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १२ करोड ४८ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ५४ लाख रुपैयाँ, नागरिक लगानी कोषको ८ करोड ९९ लाख रुपैयाँ, मेगा बैंकको ८ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।

आइएमई जनरल इन्स्योरेन्सको ७ करोड ९३ लाख रुपैयाँ र अप्पर तामाकोशीको ७ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मध्य भोटेकोशीको सेयर मूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। यस्तै गुराँस लघुवित्तको सेयरमूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ। आज रुरु जलविद्युतका सेयरधनीहरूले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै ३ प्रतिशतको गिरावट आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.