|

काठमाडौं : साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ।

शेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ। नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको भन्दा करिब २१ करोड कम भएको छ।

आज ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा कारोबार भयो। सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको थियो। आज शेयर मूल्य बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा छन्।

यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। यसैगरी मध्य भोटेकोशी, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ।

आज शेयर मूल्य धेरै घट्नेहरूमा डिबेञ्चरहरू देखिएका छन्। कृषि विकास बैंकको डिबेञ्चर, नेपाल बैंकको डिबेञ्चर, आइसिएफसीको डिबेञ्चर करिब २ प्रतिशतले घटेका छन्। डिबेञ्चर बाहेक सबैभन्दा धेरै घट्ने पहिलो नम्बरमा नबिल बैंक र दोस्रो नम्बरमा बोटलर्स नेपाल छ।

आज धेरै शेयर कारोबार हुने पहिलो नम्बरमा भने नबिल बैंकसँग मर्जरको तयारीमा रहेको नेपाल बंगलादेश बैंक छ। यस बैंकको मंगलबार ३ लाख ६७ हजार २ सय ५८ कित्ता शेयर किनबेच भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.