|

काठमाडौं : ड्रिम हाइ नेपालले पुस २४ गते काठमाडौँको सोल्टी होटलमा आयोजना गर्ने एलआइसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ।

थाहाकर्मी अनुप गुरुङ बेस्ट कार्टूनिस्ट र रवीन्द्र सुवेदी बेस्ट रेडियो जर्नालिस्टको मनोनयनमा परेका छन्।

मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी नीर शाह तथा वरिष्ठ पत्रकारहरू भैरव रिसाल र किशोर नेपाललाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ।

कुल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिएका छन्।

नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए।

टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाको दाबी छ।

मनोनयनमा परेका विधा र उत्कृष्ट ५ को नामावली यसप्रकार रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.