|

काठमाडौं : नेपालगन्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटना अनुसन्धानको माग गर्दै ४१ दिनदेखि जारी धर्ना स्थगित गरिएको छ। सरकारसँग मंगलबार भएको चारबुँदे सहमतिलगत्तै आन्दोलनरत पक्षले अनशन तोडेर धर्ना स्थगित गरेको हो।

सहमतिपछि नागरिक आन्दोलनका अगुवा डा. गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको थियो।  बाँकेको नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै रुबी खानको समूह अनशनरत थियो।

यस क्रममा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुकुन्दप्रसाद निरौला, सहसचिव प्रदीपकुमार कोइराला, सहसचिव भीष्मकुमार भुसाल, सुरक्षा तथा प्रशासन विज्ञ सुनिल खनाल, उपसचिव दिलकुमार तामाङ र उपसचिव वसन्त भट्टराई उपस्थित थिए।

यस्तै, आन्दोलनरत पक्षको तर्फबाट रुबी खान, नागरिक समाज, डा केसी, अधिकारकर्मी अन्सारी, अधिवक्ता ओमप्रकाश अर्याल, विमल अर्याल, मनकुमार भुर्तेल, कौशिला वागवान, गीता चमार र वसन्त रन्जितकारले हस्ताक्षर गरेका छन्।

यो सहमतिपछि महिला अधिकार मञ्चले विज्ञप्ति जारी गरेर जारी आन्दोलन स्थगित गरिएको जनाएको छ।

यो पनि

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.