|

काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण हुने भएको छ। भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण हुने भएको हो। 

प्रतिष्ठान र प्रत्यारोपण केन्द्रबीच बुधबार अंग प्रत्यारोपण तथा डायलासिस सेवा विस्तारा लागि सहकार्य गर्ने समझदारी भएको छ। केन्द्रका कार्यकारी निर्देशक डा. पूकारचन्द्र श्रेष्ठले सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण गर्ने उद्देश्यले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरिएको बताए।

पोखरामा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा. डुकबहादुर क्षेत्री र प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पूकारचन्द्रले श्रेष्ठसमझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। 

पाँच बुँदे उक्त समझदारी पत्रमा प्रत्यारोपणसँगै प्रदेशका विभिन्न स्थानमा डायलासिस सेवा विस्तार गर्ने, प्रत्यारोपण तथा डायलासिसको लागि प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम अध्यापन आदि व्यवस्थापन गर्ने, प्रदेशमा आवश्यक जनशक्तिको तालिम प्रत्यारोपण केन्द्रमा गर्ने र सेवा सञ्चालन गर्नका लागि प्रत्यारोपण केन्द्रमा कार्यरत अनुभवी जनशक्ति परिचालन गर्ने रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.