|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो १ बजे हुने आजको पहिलो खेलमा अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ।

यस्तै‚ मातृशोकमा परेका प्रशिक्षक मेघराज केसीको टोली सातदोबाटो अघिल्ला खेलमा भोगेको नतिजालाई सुधार गर्ने दाउमा छ। संकटा १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने सातदोबाटो आठ अंकसहित आठौं स्थानमा छ।

आजै दिउँसो पौने ५ बजे हुने दोस्रो खेलमा विभागीय क्लब  एपिएफले जावलाखेल युथ क्लबसँग प्रतिष्पर्धा गर्नेछ। एपिएफ ६ अंकसहित तालिकाको दशौं स्थानमा रहँदा ७ अंक जोडेको जावलाखेल तालिकाको नवौ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.