गफ मात्र होइन आवश्यक परे नेतृत्व लिन तयार छु : पौडेल

|

ललितपुर : देशका ६१ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन चलिरहँदा ललितपुरमा पनि आठौँ अधिवेशनको तामझाम चलिरहेको छ।

विशेषगरी को नेतृत्वमा आउने भन्ने कौतुहलता जिल्लाका आमनेता कार्यकर्तामा छ। जिल्ला अध्यक्षका लागि पार्टीको प्रदेश कमिटी सदस्य एवं बागमती प्रदेशसभा सदस्य चेतनाथ संजेल र वर्तमान जिल्ला कमिटीका सचिव पुरुषोत्तम आचार्यको नाम चर्चामा छ।

दुवै नेताले आ-आफ्नो दाबी प्रस्तुत गर्दै आफ्नो पक्षमा लबिङ गरिरहेका छन्। कसरी हुन्छ आफ्नो पक्षमा माहोल बनाउन दुवै नेताको जोडतोड चलिरहेको छ।

सकेसम्म सर्वसम्मत नै हुनुपर्ने जिल्लाको नेतृत्व सम्हालिसकेका तथा कमिटीमा रहेर काम गरिसकेका नेताको माग छ। वर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण व्यंजनकारलगायत जिल्लाका नेताहरू अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन होस् भन्ने कामना छ।  तैपनि दुवै नेता भने आ-फ्नो उम्मेद्वारी दिने योजना सुनाइरहेका छन्।

आकांक्षी दुवै नेता गोदावरीका स्थायी

अध्यक्षमा आकांक्षी देखिएका सन्जेल र आचार्य दुवै अहिले गोदावरी नगरपालिकाका स्थायी बासिन्दा हुन्। सन्जेल १० नम्बर वडा र आचार्य ४ नम्बर वडाका बासिन्दा हुन्।

यसपालि जो अध्यक्ष भए पनि गोदावरीकै अध्यक्ष हुनेमा कुनै दुई मत छैन। विद्यार्थी आन्दोलनबाट आएर संगठन निर्माणमा अब्बल देखिएका नेताका रूपमा आचार्यलाई लिइन्छ भने पार्टीको तल्लो कमिटीको भूगोल हुँदै सामाजिक आन्दोलनबाट उदायका सन्जेललाई विकास निर्माणमा सहयोगी नेताका रूपमा लिइन्छ।

सन्जेलको दक्षिण ललितपुरमा बलियो पकड छ भने आचार्यको ललितपुरको शहरी भेगमा मजबुद स्थिति देखिएको छ। तर, दुवै नेताले भने आफूहरू ३ वटै निर्वाचन क्षेत्रमा राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन्।

पछिल्लो समय प्रदेश सांसद भएपछि जिल्लाका नेता कार्यकर्तासँग बढी आउजाउ हुनाले उनलाई फाइदा देखिएको छ भने आचार्य जिल्ला कमिटीकै सचिव भएकाले त्यहाँबाट पनि उनलाई नेता कार्याकर्तामाझ घुलमिल गराउने बलियो आधार मिलेको छ।

संजेल १ नम्बर क्षेत्रमा आफू बलियो भएको र २ र ३ मा पनि आफ्नो नै जित हुने दाबी गर्छन् भने आचार्यले क्षेत्र नम्बर १ मा  २३ मतले र २ र ३ मा भने ४०– ४० मतले आफू अगाडि रहेको बताए।

मधुसूधनको योजना

आचार्य र संजेलबाहेक अरु नेताहरु नेतृत्वकै दाबीका लागि त्यति खुलेर लागेका छैनन्। ३ पटक अध्यक्ष भइसकेका मधुसूधन पौडेलको नाम पनि नेतृत्वमा फेरि आउने हो कि भन्ने हल्ला चलिरहँदा उनले त्यसविषयमा आफ्नो कुनै इच्छा नरहेको बताए।

आफू फेरि किन जिल्ला अध्यक्षमा आउनुपर्‍यो, उनले भने, 'जिल्लामा सर्वसम्ममतको प्रयास जारी छ, यदि केन्द्रबाट केही निर्देशन आएको खण्डमा पार्टीको निर्णय आफूले मानेर अघि बढ्छु।'

सन्जेल र आचार्यको दाबी किन?

विस २०४० सालबाट राजनीतिक यात्रा सुरु गरेका संजेल भूगोलको राजनीतिबाट आएका छन्। विशेषगरी सामाजिक आन्दोलनमा सक्रियता देखाएर नेतृत्व पंक्तिमा अगाडि बढेका उनलाई पछिल्लो समय विकासप्रेमी नेताका रूपमा पनि चिन्न थालेका छन्।

विशेषगरी प्रदेशसभा सदस्य हुनुअघिको भन्दा बलियो छवि अहिले बनेको छ। दक्षिण ललितपुरको इकुडोल गाविसमा जन्मिएका सन्जेल चापागाउँ गाउँ कमिटी सदस्य त्यसपछि त्यही कमिटीको अध्यक्ष हुँदै इलाका कमिटी र क्षेत्रीय अध्यक्ष भएर लामो समय जिल्ला कमिटीमा सदस्यका रूपमा रहिसकेका छन्।

उनले सांगठनिक रूपमा पार्टिलाई अझ मजबुद पार्न, युवाहरूलाई स्वरोजगार बनाउने कदम चाल्न, विकास निर्माण र पार्टिको कामसँगसगै जोडेर लैजान आफ्नो नेतृत्व आवश्यक रहेको बताए।

आउँदै गरेको स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर आगामी कार्ययोजना बनाउँदै जिल्लामा सबै तह आफ्नो पार्टीको पकडमा पार्ने योजना रहेको उनले सुनाए। 'त्यसका लागि मेरो नेतृत्वले विशेष भूमिका खेल्नेछ'  उनले भने, 'भाषणमा मात्र होइन काम नै गरेर देखाउन म सक्छु, केही काम त गरेर पनि देखाइसकेँ।'

प्रदेशसभाबाट उनले आफ्नो जिल्लाका दक्षिणबेल्टमा धेरै बजेट पारेका छन्। जसले गर्दा विभिन्न सामाजिक कार्यदेखी लिएर विकास निर्माणका काम भएका छन्। उनले पर्यापर्यटनको संभावनालाई पनि मध्यनजर गरेर केही कामहरु सुरुवात गरेका छन्। अर्का आकांक्षी आचार्य भने अहिलेको जिल्ला नेतृत्व नेता बन्नका लागि नभई नेतृत्व लिनका लागि हुने बताउँछन्।

'साथीहरूको दाबेदारी नेता बन्नको लागि हो कि नेतृत्व बन्नका लागि हो भन्ने प्रश्न उठेको छ', उनले भने, 'अहिले मेरो दाबेदारी नेता बन्नको लागि होइन पार्टीलाई नेतृत्व गर्नका लागि हो।'

आफू नेतृत्वका लागि योग्य भएकाले दाबी प्रस्तुत गरेको बताए। १६ वर्ष जिल्ला कमिटीमा बसेर काम गरेको छु', उनले भने, 'जिल्ला सदस्य, सचिवालय सदस्य, कार्यलय सचिव, जिल्ला सचिव भएर पार्टीको जिम्मेवारी पूरा गरिसकेको छु।'

आचार्यले जिल्लाभित्रका ७१ वटै शाखाको समस्या र त्यहाँभित्रको समाधानको पहिचान गरेको बताउँदै आफूसँग त्यसका निम्ति प्लान पनि रहेको बताउँछन्। स्थानीय तहको निर्वाचनमा एमाललेलाई पहिलो पार्टी बनाउन योजना र प्लानहरु भएकाले म अहिले अगाडि बढिरहेको छु उनले दाबी गरे।

उनीसँग २०४७ सालमा किटीनी स्कुलको प्रारम्भिक कमिटी सदस्य हुँदै सुरु अनेरास्ववियु केन्द्रीय कमिटीसम्म, गाउँ किमिटी, वडा कमिटी हुँदै जिल्ला कमिटीसम्म बसेको अनुभव छ।

विभिन्न ५ वटा मुद्दामा जेलसमेत बसेका उनले ज्ञानेन्द्र शाहको  शासनमा  २०६१ सालमा अहिले कांग्रेसका महामन्त्री एवं तत्कालीन नेविसंघका गगन थापा र गुरुराज घिमिरेसँगै राजद्रोह मुद्दा खेपेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.