|

धनगढी  : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भन्दै पक्राउ गरिएका भारतीय नागरिक धरौटीमा छुटेका छन्।

कञ्चनपुर प्रहरीले पक्राउ गरेका भारतीय नागरिक अलि हुसेन एक हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। उनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको बताइएको छ।

हुसेनलाई निर्मला प्रकरणमा नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। तर, उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डिएनए परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हुसेनलाई निर्मला प्रकरणमै पक्राउ नगरिएको भए पनि उनका गतिविधि शंकास्पद देखिएकाले उनको डिएनए परीक्षण अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

उनका अनुसार हुसेनले निर्मलालाई जिस्काउने गरेको भन्दै स्थानीय व्यक्तिहरूले त्यसवेला बयान दिएका थिए। त्यही आधारमा अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको प्रहरीले केही समयअगाडि उनलाई पक्राउ गरेको थियो।

भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि थियो। तर,  प्रहरीले अहिलेसम्म अपराधी पक्राउ गर्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.