|

विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई अतिरिक्त शुल्क बुझाउन दिएको दबाबविरुद्ध विराटनगरमा विभिन्न विद्यार्थी संगठनसहित कलेजका विद्यार्थीले फेरि आन्दोलन गरेका छन्।

कलेजले मनोमानी ढंगबाट असुल्दै आएको शुल्क फिर्ता हुनुपर्ने माग राख्दै सो कलेजमा अध्ययनरत विद्यार्थीका साथै विभिन्न विद्यार्थी संगठनले आज (शुक्रबार) आन्दोलन गरेका हुन्।

विद्यार्थीको आन्दोलनका कारण केही समय सवारी आवागमन अवरुद्ध भएको थियो।

नोबेल मेडिकल कलेजले एमबिबिएस अध्ययनरत विद्यार्थीसँग विभिन्न शीर्षकमा अतिरिक्त शुल्क बुझाउन दबाब दिँदै आएको र विद्यार्थीले शुल्क बुझाउन नमान्दा उनीहरूलाई कक्षाकोठामा पस्न नदिएको लगाएको अध्ययनरत एक विद्यार्थीले बताए।

विभिन्न चरणका आन्दोलन, माग सम्बोधन प्रस्ताव, छलफलबाट निकालिएको निष्कर्षसमेत कलेजले बेवास्ता गरेपछि सरकारलाई नै दबाब दिने गरी सडक आन्दोलनमा उत्रिनु परेको विद्यार्थी नेता शिवरतन साहले बताए।

राजनीतिक दल र सरकारको संरक्षणमा कलेज सञ्चालक सुनिल शर्माले विद्यार्थीको माग सम्बोधन गर्ने मनसाय नराखेकाले आन्दोलनले अझ चर्को स्वरुप लिएको अर्का विद्यार्थी नेता ताजिम अन्सारी बताउँछन्।

नोबेलमा अध्ययनरत विद्यार्थीको आन्दोलनलाई विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनले समर्थन गरेका छन्।

१४ लाख ८५ हजार रूपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ।

यसपटक नोबलमा सय जना विद्यार्थी एमबिबिएसमा भर्ना भएका छन्।

विद्यार्थी आन्दोलन तस्वीरमाः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.