|

रौतहट : रौतहटमा पछिल्लो समय साढे ४३ हजार मतदता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गत साउन यता रौतहटमा ४३ हजार ५८० जना मतदाता थपिएका हुन।

मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत १६ हजार ६६९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए। जसमा ८ हजार ७३२ पुरुष र ७ हजार ९३७ महिला छन्।

यसैगरी जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, गौर, इलाका प्रशासन कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा गरी २६ हजार ८९४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका प्रमुख दासले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालयमा ९ हजार ५६४ जना, जिल्ला प्रशासन कार्यालयमा ४ हजार ८३४, इलाका प्रशासन कार्यालय गरुडामा ४ हजार ८७८ र इलाका प्रशासन कार्यालय चपुरमा ७ हजार ६२१ जनाले नाम दर्ता गराएका छन्। हालसम्म रौतहटमा करिब ४ लाख १६ हजारभन्दा बढी मतदाता रहेको उनले जानकारी दिए।

अहिले पनि जिल्ला निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा फोटोसहितको मतदाता नामावली दर्ता भइरहेको छ। नयाँ नागरिकता बनाउनेहरु र नाम छुटेकाहरुको अहिले पनि घुइँचो नै लाग्ने गरेको छ।

पुस महिनामा पनि रौतहटमा करिब ४ हजार मतदाता बढ्न सक्ने प्रमुख दासको अनुमान छ। निर्वाचन घोषणा नहुञ्जेलसम्म ती कार्यालयहरुमा फोटोसहितको मतदाता नामावलीसंकलनको कार्य जारी रहने निर्वाचन आयोगले जनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.