'रेडियो सुनेकै भरमा जाँगर, अन्धविश्वास अन्त्य गर्ने प्रयास'

|

काठमाडौं : कोठा जाऊँ, खाना पाक्दैन। त्यसैले भोको पेट भर्न टुसालको कुमारी गालमा जानुपर्ने विकल्प थियो। गाडी भाडा तिर्न पैसा परको कुरा थियो। टुसालमा झर्नुपर्ने बेला चावहिलमै झर्नुपर्थ्यो। कारण एउटै थियो: हुलमुलमा सहचालकको आँखा छलेर भाग्न पाइन्थ्यो।

सधैँ समय आफू अनुकूल हुने कुरा पनि भएन। कहिलेकाहीँ भाडा नतिरेको कारण सहचालकको मुक्का पनि भेटिन्थ्यो। तीनपटक सहचालकको मुक्काको अनुभव आफैँसँग छ। २०४७–४८ सालमा बिताएका ती संघर्षपूर्ण दिन आज पनि उनको आँखामा झलझली आउँछ, मनको कुनै कुनामा सुन्दर घर बनाएर बसेका छन्। अहिले आउने उतारचढावका बेला उनी ती दिन सम्झन्छन्। यो भोगाइ हो, गजुरधन राईको।

राईले अहिले यही शब्द बोलिरहँदा धेरैलाई लाग्छ-एउटा कथा। तर, उनले संघर्षका दिन भोगेर आएका छन्। आर्थिक विपन्नतामा बाँचेको एउटा युवाको सपनाले पखेटा हाल्छ, स्वत: हण्डरका बाछिटा पलपल सहनुपर्ने हुन्छ।

खानाको लागि संघर्ष, बस्नको लागि संघर्ष र सपनालाई पूरा गर्नुपर्ने अर्को संघर्ष। उनी सुनाउँछन्, 'ती मेरा दिनमा खानाका लागि साथीलाई गुहारियो। साथीकोमा सधैँ पाहुना हुनु उचित थिएन, त्यसपछिको विकल्प हुन्थ्यो-आफन्त। आफन्तहरू जोरपाटी र कुमारीगाल गलैँचा कारखानामा जाने विकल्प रोजेँ।’ अनेकौं हण्डरबीच पनि उनले पाएको सफलताको कथा हो यो। 

दुःखका पहाडलाई फोर्दै उनी २०४६ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्न काठमाडौं छिर्नुपर्ने भयो। खर्च थिएन, दिदीले पालेको खसी १६ सय ८० रुपैयाँमा बेचेर त्यही खर्च बोकेर काठमाडौं हिडेँ। काठमाडौं उनका लागि नौलो थियो। आफन्त र साथीकोमा उनको दैनिकी चल्यो।

ब्लाक इन ह्वाइटको जमानादेखि रंगीन टेलिभिजनको युगमा आइपुग्दा राई आज पनि नेपाल टेलिभिजनमा समाचार प्रस्तोताका रूपमा सक्रिय छन्। उनी हाल टेलिभिजनको कार्यकारी समाचार सम्पादक हुन्।

'हेर्दाहेर्दै समय त मिलिक्कै गएछ है', उनी मुस्कुराउँछन्।

रेडियो नेपालको कार्यक्रमले जागेको पत्रकारिता

पहिला गाउँमा खड्गजित राई (गम्बिरे)को घरमा मात्रै नेशनल पाना सोनिक रेडियो थियो। जसमा रेडियो नेपाल सदावहार समाचार आउथे। रेडियोप्रति मोह थियो- रेडियो सुन्न अनेक वहाना बनाएर उनी रेडियो नजिक पुगिहाल्थे।

रेडियोमा मान्छे कसरी बोल्छन् होला? यो सानो रेडियोमा मान्छे कसरी बसेका होलान् या के होला? सबैलाई आश्चर्य लाग्थ्यो। उनलाई पनि त यो प्रश्नले मनभित्र घर बनाउँथ्यो।

 उनी व्यक्त गरिहाल्दैनथे। रेडियो सुन्दै जाँदा उनले थाहा पाए, रेडियोमा काम गर्न पत्रकारिता पढ्नुपर्ने रहेछ। उनलाई पनि पत्रकारितामा रस बस्यो। उनले त्यसबेला प्रण गरेका थिए, 'एकदिन म पनि पत्रकारिता पढ्छु। अनि आफ्नो आवाज सबैलाई सुनाएर आश्चर्यमा पारिदिन्छु।'

गाउँदेखि काठमाडौंसम्मको अध्ययन यात्रा

ओखलढुंगा मानेभञ्ज्याङ साबिक गाविस (गाउँपालिका)–५ उदयपुरमा २०२८ सालमा जन्मिएका हुन् राई।​ उदयपुर गाउँमा पढाइको प्रारम्भ भएको थिएन। करिब डेढ घण्टा बाटो छिचोलेर पुग्नुपर्ने मानेभञ्ज्याङमा रहेको भगवती माध्यमिक विद्यालयमा २०३६ साल पुस महिनामा एक कक्षामा भर्ना भए राई।

‘पछि भने गाउँमा नै जनबहादुर राई,खड्गनाथ, भ्रुतुङकुलुले क,ख,रा पढाउन थाल्नुभयो’, उनले भने,‘बेलुका दियालो बालेर पढाइ हुन्थ्यो,त्यसरी पढाउनेहरू अहिले हामीसामु छैनन्।’ क,ख,रामा सीमित गाउँको शिक्षा २०४१ सालमा मात्रै औपचारिक रूपमा शिक्षाको आरम्भ भएको उनी बताउँछन्। त्यो पनि कक्षा तीनसम्मको प्रावि तहसम्म मात्रै पढाइ भयो।'

दुःखका पहाडलाई फोर्दै उनी २०४६ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्न काठमाडौं छिर्नुपर्ने भयो। खर्च थिएन, दिदीले पालेको खसी १६ सय ८० रुपैयाँमा बेचेर त्यही खर्च बोकेर काठमाडौं हिडें। काठमाडौं उनका लागि नौलो थियो। आफन्त र साथीकोमा उनको दैनिकी चल्यो।

उच्च शिक्षाका लागि उनी रत्न राज्यलक्ष्मी  क्याम्पसमा भर्ना भए। किताब किनेर पढ्ने भन्ने कुरा उनका लागि सम्झिने मात्रै थियो। जेनतेन सरकै पढाइलाई आफ्नो किताब मानेर उनले २०४९ सालमा प्लस टु (तत्कालीन आइए) सकाए।

अन्धविश्वास अन्त्य गर्नुपर्छ भन्नेमा लागे

महिलालाई अहिले पनि समाजले दोस्रो दर्जाको व्यवहार गर्छ। राई हुर्किँदाको समय झन् समय विकराल अवस्थामा महिलाहरू थिए। तीनताका महिलाहरू केबल चुलो चौका र मेलापातका लागि हुन् भन्ने सोचिन्थ्यो। राईलाई सम्झना छ :महिलाहरू पढे बोक्सी हुन्छन् भन्ने कथन। जसले गर्दा बुबा आमाले छोरी पढाउँदैनथिए।

उनी कक्षाका खुड्किला पार गर्दै जाँदा महिलाहरू पनि पढ्नुपर्छ भन्‍ने आवश्यकता देखे उनले। अध्ययन गर्ने महिला बोक्सी होइनन् अब्बल समाज निर्माणका संवाहक हुन्।

त्यसपछि उनले आफ्नो नेतृत्वमा गाउँभरका दिदी बहिनीको भर्ना गर्नुपर्ने अभियान चलाए। परम्परावादी समयमा जकडिएको समयमा उनको आवाज शून्य सरह भयो। तर, गाउँको एकजना सम्झना राई (प्वाप्तली)लाई मात्रै २०३९ सालमा भर्ना गराउन सके।

सम्झना मानेभञ्ज्याङमा रहेको स्कुल जान थालिन्। उनी भर्ना भएपछि विस्तारै अरू महिलाहरू पनि भर्ना भएका थिए।

उनी शून्यतालाई चिर्दै भन्छन्, 'सम्भवत: औपचारिक रूपमा उहाँ मात्रै हाम्रो गाउँबाट पढ्ने पहिलो महिला हुनुपर्छ। हामीले त्यसबेला महिलालाई पढाउनुपर्छ भन्ने अभियान चलाएका थियौँ।

गलैँचा कारखाना र भोक

काठमाडौंमा पत्रकारिताको अध्ययनले उनको सपना पूरा गर्ने लय मिल्दै थियो। शहरको बसाई भने कष्टकर बन्दै थियो। उनी जागिरको खोजीमा थिए। सहजै जागिर पाउन सकिने अवस्था पनि थिएन।

पहिले पहिले राजधानीमा प्राय सबैले पाउने जागिर हो- गलैँचा बुन्ने काम। गाउँघरका अधिकांश व्यक्तिहरू यहीँ गलैँचा बुनेर दैनिकी चलाउने गर्थे र त्यही पसिनाबाट घरपरिवार हेर्नुपर्थ्यो। 

यही क्रममा रेडियो नेपालतिर गइरहन्थे उनी। २०५५ सालमा पहिलादेखि देख्दै आएका नेपाल टेलिभिजन इटहरी च्यानल प्रमुख पुष्प हरिक्याम्पा राईसँग भेट भयो। ‘उहाँसँग सम्पर्क भएपछि टेलिभिजन भिजिट गर्न दिनुभयो,‘उनले भने,‘त्यसबेला टेलिभिजनको कक्षा धेरै मान्छेहरू हेर्न आउथे, बेला-बेला यहाँबाट पदको लागि विज्ञापन खुल्छ,भिड्नु।'

राई काठमाडौं छिर्दै गर्दा पनि गाउँकै मकन ध्वाज,ध्यानसिंहलगायत आफन्त गलैँचा बुन्ने काम गर्थे। त्यसबेला गाना बजाउँदै उनीहरू गलैँचा बुन्थे। उनीहरू राईले भोगेको कष्ट देखेपछि गलैँचा बुन्न सुझाउँथे।

 ‘भोकभोकै बस्नुपर्दा पढाई छाडेर, कहिलेकाहीँ गलैँचा बुन्ने नी सोच आउँथ्यो,तर जति पीडा भोगे पनि पढ्ने इच्छा जगाए, गलैँचामा लागेको भए……,’हाँस्दै उनले सुनाए।

स्थायी टेलिभिजनको जागिर अख्तियारले खोस्दा

गलैँचा बुन्ने काममा उनको मन गएन। तर, काम चाहिँ गर्नैपर्छ भन्ने सोचिसकेका थिए। समय ढल्दै गयो। २०४८ सालमा तत्कालीन कार्यवाहक प्रधानमन्त्री स्वर्गीय बलबहादुर राई मन्त्री भएपछि अस्थायी जागिर टाइपिस्टको जागिर पाए।

उनी सुनाउँछन्, 'त्यसबेला मासिक ११ सय तलब हुन्थ्यो। जसले मेरो दैनिकीमा केही सहजता थपिदियो।'

सरकारी जागिरप्रति मोह स्वाभाविक थियो। लोकसेवा आयोगबाट खरिदार र सुब्बाको परीक्षा दिनुपर्छ भन्ने पनि लाग्यो। तर, नाम निस्किन भने सकिरहेको थिएन।

२०५० मा स्थानीय प्रयासद्वारा सहरी विकास परियोजनामा काम गरे। यो परियोजना जर्मनीले चलाएको थियो। त्यही गरेको कामकै पैसाले स्नातक २०५१ मा पढे। २०५३ सालमा स्नातक पनि पास गरे। नगर विकास कार्यन्वयन इकाइमा नक्सापास भए नभएको हेर्न जानासु (जाँचकी नायव सुब्बा) मा काम गरे। त्यसपछि राष्ट्रिय सहकारी विकास बोर्डमा पनि काम गरे।

यही क्रममा रेडियो नेपालतिर गइरहन्थे उनी। २०५५ सालमा पहिलादेखि देख्दै आएका नेपाल टेलिभिजन इटहरी च्यानल प्रमुख पुष्प हरिक्याम्पा राईसँग भेट भयो। ‘उहाँसँग सम्पर्क भएपछि टेलिभिजन भिजिट गर्न दिनुभयो,‘उनले भने,‘त्यसबेला टेलिभिजनको कक्षा धेरै मान्छेहरू हेर्न आउँथे, बेला-बेला यहाँबाट पदको लागि विज्ञापन खुल्छ,भिड्नु।'

उनलाई रेडियोभन्दा टेलिभिजनतर्फ आकर्षण तीव्र भयो। २०५५ सालमा समाचार सम्पादक (छैटौँ तह अधिकृत) तहमा विज्ञापन खुल्यो। परीक्षा दिए। पास भएनन्। पुन: ६ महिनापछि त्यही पदमा विज्ञापन खुल्यो। त्यसमा भने नाम निकाल्न सफल भए, तर वैकल्पिकमा।

उनले भने,‘टेलिभिजनमा चाहिने तीनजना थियो, वैकल्पिक चार नम्बरमा नाम मेरो थियो।'

तर, अफिसको विधानअनुसार कुनै पनि पद रिक्त भएको ६ महिनासम्म विशेष दरबन्दी सिर्जना भएमा सो विशेष दरबन्दीलाई पनि त्यसैमा मिलान गरी नियुक्ति गर्न सकिने थियो जसले गर्दा म चौथो अनि मदन आचार्य पाँचौँमा थिए।

पद सिर्जना गरियो। त्यसबेला पद मिलान गर्दा चौथो स्थानमा भएको व्यक्तिले पहिले पाउनुपर्ने थियो। तर, जबरजस्ती तत्कालीन स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका प्रमुख प्रेस सल्लाहाकार मदन आचार्यलाई पदमा राखियो। तर, यो कुराको अख्तियारमा मुद्धा पर्‍यो। २०५६ फागुन ९ गते प्राप्त गरेको उनको स्थायी नियुक्ति पत्र सात महिनापछि अख्तियारले बदर गरेको खबर पाए उनले। उनी छाँगाबाट खसजस्तै भए।

‘धेरै दुःख गरेर २८ वर्षमा पाएको सरकारी जागिर सात महिनामै खोसिँदा धेरै दु:ख लागेको थियो', उनी विगत सम्झिन्छन्।

उनले न्यायका लागि अदालतमा बकपत्र पेश गरे। ५८ पटक पेशी तोकियो। तर, सुनुवाइ भएन। भन्छन्,‘यसले न्याय मरेको अनुभूति भएको थियो। म अख्तियारको सिकार भएँ।'

तर, त्यसबेला उनले हार खाएनन्। फेरि सोही पदमा विज्ञापन खुल्यो। भिडे, नाम निकालेर २०५९ साल जेठ २८ गते स्थायी नियुक्ति पत्र पाए। ‘पुनः नाम निस्किँदा पनि फेरि फसाउला कि भन्ने डर थियो, तर केही भएन, खुसी लाग्यो,’उनले भने ।

पुन नाम निस्केपछि उनले आफ्नो मुद्‍दा फिर्ता लिए। टेलिभिजनमा स्थायी जागिर खाएपछि गाउँ जाँदा बेग्लै माहोल बन्यो। ‘सामान्य परिवारमा जन्मिएर पनि अनुहार टेलिभिजनबाट देख्न पाइने भन्दै खुबै गाउँले दाजुभाइ खुसी भए,रक्सी खुवाउँदै स्वागत गरे,केहीले चिताएको कुरा पूरा गर्‍यो है भने,’उनी आफ्नो सफलतामा गाउलेको खुसी सुनाउँछन्।

पत्रकारिता विषयमै माष्टर्स गरिसकेका छन। विस्तारै उमेरले ५० औं बसन्त पार गरिसकेको छ। काम र पत्रकारिताप्रति आसक्ति कम भएको छैन। अब विद्यावारिधि गर्ने सोचमा छन।

आफूले गरेको पत्रकारितादेखि आजसम्म नेपाली पत्रकारितामा ठूलो परिवर्तन आइसकेको उनी सुनाउँछन्।

उनी राजधानी छिर्दा प्राय रेडियो नेपाल,नेपाल टेलिभिजन र गोरखापत्रले मात्रै सूचनामूलक सन्देश प्रवाह गर्थ्यौ। अहिले जस्तो स्वतन्त्र ढंगले मिडिया चल्न सक्दैन थियो।

उनले भने,अहिले जस्तो प्रशस्त सञ्चार माध्यम थिएन, मान्छेहरू कसरी बोल्छन्,कसरी समाचार या गीत बजाउँछन् भनेर रेडियो नेपाल र नेपाल टेलिभिजन कार्यालयमा मान्छेहरु हेर्न आउँथे। भिडभाड हुन्थ्यो। उनका अनुसार पत्रकारहरू पनि जोखिम मोलेर काम गर्नुपर्थ्यो।

‘अहिले पत्रकारिता डिजिटलाइज्डमा आइपुगेको छ। यो परिवर्तन अपरिहार्य पनि हो', उनी सुनाउँछन्। तर, युट्युबरले पत्रकारितामा प्रश्न चिन्ह खडा गरिदिएको उनी सुनाउँछन्।

उनी भन्छन्, 'पत्रकारिता र पत्रकारको प्रतिष्ठालाई जोगाउन युट्युबरलाई राज्यले व्यवस्थित गर्नुपर्छ।’

गाउँमा परिवर्तन

समय बित्यो। काठमाडौंले थुप्रै कुरा सिकायो। तर, आफ्नो गाउँको विकटता देखेपछि गाउँ परिवर्तन गर्नुपर्छ भन्ने उनलाई लाग्यो।

गाउँमा युवा क्लब गठन गर्न सके समाज सुधारका काम गर्न सकिन्छ कि भनेर उनी लागे। ५४ सालमा उनले गाउँका अन्य व्यक्तिसँग छलफल गरे। 

विदेशिएका युवा स्वदेश फर्काउन चाहन्छन् उनी। भन्छन्, 'गाउँ सुन्तलाका लागि प्रख्यात मानिन्छ। अहिले त सुन्तला मासिदै गये, अब विदेशिएका युवालाई विज्ञहरूसँग छलफल गरी सुन्तला खेतीलाई थप आकर्षित गर्न सकिन्छ कि भन्ने लागेको छ। त्यसैले सामाजिक काममा लाग्दै गाउँके विकास गर्ने सोचिरहेको छु।'

उनी सुनाउँछन्, 'लघुधन मामासँग बसेर विधान तयार पारियो, सबै प्रक्रिया अगाडि गरेर गाउँ गए र म मेरै अध्यक्षतामा ध्यानसिंह राई उपाध्यक्ष, अञ्चल सिंह सचिव,शुभराज राई (काजी),शुद्धा राई,विर्जमान राई लगायत ९ सदस्यीय समिति गठन गरे।’

समिति गठन गरेको तीन दिनमा ‘श्री भीमसेन स्थान युवा क्लब’ नाम राखी २०५५ साल फागुन ९ गते विधिवत रुपमा जिल्ला कार्यालयमा संस्था दर्ता गराए। ‘संस्था दर्ता गरेपनि समाजमा भएका विकृति विसंगति लाई न्यूनीकरण गर्ने योजना बनायौँ,कसैले बोक्सी आरोप,चोरी भए कारबाही गर्नै नियम निती बनायौँ,र ती विकृतिहरु विस्तारै न्यून भए,’उनले भने।

गाउँ विकासमा उनले अहिले पनि प्रयास गरिरहेका छन्। गाउँका विकास निर्माण र समृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन्।

मानेभञ्ज्याङबाट गाउँसम्म सडक पुर्‍या‍उनमा पनि उनको योगदान छ। त्यस्तै, कोही बिरामी परेमा आर्थिक सहयोग गर्नमा पनि लागि पर्छन्। केही अप्ठ्यारो परिस्थिति परेको होस य प्रशासनिक काममा पनि गाउँलेहरु उनैलाई गुहार्छन्।

विस्तारै अब उमेर ढल्किँदै गएको छ। पत्रकारितामा नयाँ पुस्ता आइसकेका छन्। रिटायर्ड जीवन उनी पुन गाउँमा पुगेर गाउँको विकासमा लाग्ने सोच छ उनको।

युवाहरू विदेशिएका छन्। गाउँमा खेतीयोग्य जमिन बन्जर बनेको छ। विदेशिएका युवा स्वदेश फर्काउन चाहन्छन् उनी। भन्छन्, 'गाउँ सुन्तलाका लागि प्रख्यात मानिन्छ। अहिले त सुन्तला मासिँदै गए, अब विदेशिएका युवालाई विज्ञहरुसँग छलफल गरी सुन्तला खेतीलाई थप आकर्षित गर्न सकिन्छ कि भन्ने लागेको छ। त्यसैले सामाजिक काममा लाग्दै गाउँको विकास गर्ने सोचिरहेको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.