|

काठमाडौं : इथियोपियामा सशस्त्र संघर्षका कारण विस्थापित भएकाहरु बस्ने एक शिविरमा हवाई आक्रमण हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ। 

उत्तरी इथियोपियाको टिग्रे प्रान्तमा भएको आक्रमणमा अरु कम्तीमा ३० सर्वसाधारण घाइते भएको अधिकारीहरुले जनाएका छन्। त्यस क्षेत्रमा संघर्ष गरिरहेको टिग्रेयन लिबेरशन फ्रन्ट टीपीएलएफका प्रवक्ता गेटाचेव रेडाले ट्वीट गर्दै युद्धका कारण विस्थापित भएका सर्वसाधारणहरुले आश्रय लिइरहेको शिविरमा सरकारी फौजले हवाइ आक्रमण गरेको बताएका छन्। 

उनले शिविरमा प्रधानमन्त्री अबी अहमदको सेनाले क्रुरतापूर्वक हवाइ आक्रमण गरेको र ५६ जनाको मृत्यु भएको बताएका छन्। शिविरमा बसेकाहरु पहिले पश्चिम टिग्रे प्रान्तमा भएको युद्धका कारण भागेर आएका पीडितहरु हुन्। त्यस क्षेत्रमा मानवीय सहायता सम्बन्धी काम गरिरहेका प्रत्यक्षदर्शीले डेबेडिट सहर नजिकै हवाई आक्रमण भएको र त्यहाँ थुप्रै बालबालिका पनि घाइते भएको बताएका छन्। 

हवाई आक्रमणको आरोप लागेको सरकारी सेना तथा सरकारका कुनै पनि अधिकारीले घटनाबारे केही नबताएको अलजजीराले उल्लेख गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.