|

काठमाडौं : नेकपा एमालेले दुई विशेष कमिटीसहित ४१ जिल्लाको नेतृत्व चयन गरेको छ।

शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ४१ जिल्लामा नेतृत्व चयन गरेको हो। 

अहिलेसम्म प्रदेश १ का ९, प्रदेश २ को १, बागमती प्रदेशका १० जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। 

गत शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा बाँकीका केही जिल्लामा सहमतिको प्रयास जारी छ भने केहीमा चुनावी प्रक्रियाबाट नेतृत्व चुनिँदै छन्। 

हेर्नुहोस् कुन प्रदेशमा को विजयी 

प्रदेश १

१. झापा : दीपक कार्की

२. मोरङ : ऋषिकेश पोखरेल

३. खोटाङ : रामप्रसाद दंगाल

४. धनकुटा : इन्द्रमणि पराजुली

५. तेह्रथुम : तेजमान कन्दङवा

६. पाँचथर : राजकुमार भण्डारी

७. भोजपुर : शरणकुमार राई

८. इलाम : महेश बस्नेत

९. सोलुखुम्बु : डुफकुमार बास्तोला

प्रदेश २

१. सप्तरी : ताराकान्त चौधरी

बागमती

१. धादिङ : भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक : अशोक ब्यान्जु

३. भक्तपुर : बचन देउजा

४. रसुवा : कर्णेल तामाङ

५. रामेछाप : आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट : बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडौं : दीपक निरौला

९. ललितपुर : पुरुषोतम आचार्य

१०. सिन्धुली : कुमारबहादुर कार्की

गण्डकी

१. गोरखा : प्रेम गुरुङ

२. तनहुँ : श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी : देवेन्द्र बहादुर केसी

४. लमजुङ : कृष्णप्रसाद अधिकारी

५. बागलुङ : हिराबहादुर केसी

लुम्बिनी

१. पाल्पा : धनेन्द्रराज घिमिरे

२. गुल्मी : बालकृष्ण काउछा मगर

३. अर्घाखाची : पिताम्बर भुसाल

४. बाँके : किस्मत कुमार कक्षपती

५. बर्दिया : लालबहादुर श्रेष्ठ

६. दाङ : हुकुमबहादुर बस्नेत

७. रुपन्देही : तेजेन्द्र केसी

८. कपिलवस्तु : डम्मर शर्मा

९. नवलपरासी : दीपेन्द्र अधिकारी

कर्णाली

१. डोल्पा : शेरबहादुर बुढा

२. सल्यान : गोविन्द पुन मगर

३. जुम्ला : शान्तिलाल महत

सुदूरपश्चिम

१. डडेल्धुरा : प्रकाश साउद

२. बैतडी : सुरेन्द्र पाल

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष : जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष : उमेश ढकाल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.