|

काठमाडौं: कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि गृह मन्त्रालयले जारी गरेको सर्कुलर एक दिन नपुग्दै उलंघन भएको छ।सोमबार गृहले कोरोना रोकथाम नियन्त्रणका लागि भन्दै एक नोटिस जारी गरेको थियो। देशकै मुख्य प्रशासनिक निकाय सिंहदरबारको मुल गेटमै सरकारको सर्कुलर उलंघन भएको हो।

सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै पुस २६ गते (हिजो) गृहमन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्दै सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको थियो।

मंगलबार पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसहरूको बाक्लो भीड लागेको छ। जसमा राष्ट्रपति, पूर्वराजा, मन्त्रीहरू र नेताहरूको बाक्लो उपस्थिति रहेको थियो।

बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए। त्यसबेला सयौँको भीड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए।

यस्तै, पृथ्वी जयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र दिवसकाे अवसरमा भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ। त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौंको जुलुस लिएर पृथ्वीनारायण शाहको सालिकमा फूलमाला चढाउन पुगेका थिए।

ठूलाले पालना गर्दैनन् मापदण्ड 

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ। साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरू बन्द गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मन्त्रालयले जुन क्षेत्रमा सङ्क्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको बताइरहेको छ। तर पछिल्लो समय कोरोनाको रेड जोनमा रहेको काठमाडौं उपत्यकामै ठूला भीडभाड हुने गरेको छ। अझ ​जिम्मेवार राजनीतिक दलका नेताहरूबाटै कोभिड नियन्त्रणका लागि सरकारले बनाएको मापदण्ड उल्लङ्घन हुने गरेको जनस्वास्थ्यविद्हरू बताउँछन्।

नेकपा माओवादीका अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूमा कोभिड पुष्टि भएपछि सामाजिक सञ्जालमा नेता तथा उच्चपदस्थ व्यक्तिहरूको आनीबानीबारे नकरात्मक टिप्पणीसमेत भइरहेकाे छ। कोरोना संक्रमण नियन्त्रणको नियम बनाउनेहरू नै सरकारले बनाएको मापदण्ड उलंघन गर्छन्।

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि विभिन्न देशहरूले तय गरेका स्वास्थ्य सावधानीका मापदण्ड उल्लङ्घन भएपछि विश्वका चर्चित व्यक्तित्वहरूले माफी मागेका घटना बाहिरिने गरेका छन्। तर नेपालमा भने सरकारी निकाय तथा राजनीतिक दलहरू आफैले बनाएको मापदण्ड उलंघन गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.