|

काठमाडौं : सातको तेस्रो दिन मंगलबार पनि सेयर बजारको उकालो यात्रा कायमै रहेको छ। आज बजार ४९.१९ अंकले उकालो लागेसँगै नेप्से परिसूचक दुई हजार ८३४.१३ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ को विन्दुमा पुगेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

आज वित्त समूह सर्वाधिक ६.१५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ३.९० प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२० प्रतिशत, विकास बैंक समूहमा ३.४४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.३९ प्रतिशत, जलविद्युत समूहमा २.०७ प्रतिशतले वृद्धि भएको छ।

यस्तै लगानी समूहमा २.१९ प्रतिशत, जीवन बीमा समूहमा ३.८९ प्रतिशत, लघुवित्त समूहमा ३.९० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५७ प्रतिशत, निर्जीबन बीमा समूहमा २.६५ प्रतिशत, अन्य समूहमा १.२७ प्रतिशत र व्यापार समूहमा १.३२ प्रतिशतको बढोत्तरी आएको छ। आज उत्पादन तथा प्रशोधन समूहमा ०.४३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

मंगलबार नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९८ रुपैयाँमा किनबेच भएका छन्। आज अपी पावरको सर्वाधिक १६ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

गोर्खाज फाइनान्सको १६ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ५९ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ४२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ११ लाख रुपैयाँ, एचआइडिसिएलको १० करोड ७१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड ४० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १० करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आज मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। माउन्टेन इनर्जीका सेयरधनीहरूले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य चार प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.