|

इलाम : पत्रकार एवं लेखक वसन्त बस्नेतद्वारा लिखित उपन्यास ‘महाभारा’ उनको गृह जिल्ला इलाममा सार्वजनिक गरिएको छ।

पूर्वी पहाडको भूगोल, संस्कृति, परिवेशलगायतको पेरिफेरिका कथालाई आधार वनाएर लेखिएको उपन्यास सदरमुकाममा मंगलवार नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सावर्जनिक गरेका हुन्। इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्बाङले यस क्षेत्रको संस्कृति, परिवेश, राजनीति, समाज, धर्मलगायतका विषयलाई गम्भीरतापूर्वक उठाएको बताउँदै धर्ममा राजनीति घुस्न नहुने बताए।

साहित्यकार नवराज पराजुली, सीमा आभास, प्रकाश थाम्सुहाङ, रिदम कँडेल, फाइन प्रिन्टका प्रकाशक अजित बराललगायत उपस्थित कार्यक्रममा थाम्सुहाङले महाभाराले नेपाली साहित्यको आयममा थप इँटा थपेको वताए। युद्धको समयमा हुर्केको प्रेम कथालाई कलात्मक प्रस्तुति दिएको वस्नेतको यो दोस्रो पुस्तक हो। प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः मुख्य पात्र ‘डुक्पा’ को कथा हो।

बस्नेतले २०७५ मा ‘७२ को बिस्मय’ प्रकाशन गरेका थिए। इलाममा जन्मिएर राजधानीमा व्यावसायिक पत्रकारिता गर्दै आएका बस्नेतले पुस्तकको महत्व प्रष्ट्याउदै भने, ‘माओवादी द्वन्द विद्रोही र समाज अनि राज्य र समाजबीचको पनि लडाइँ थिया ।’

महाभारा मधुर पूर्वेली लवज र नेपाली साहित्यमा विरलै देखिने सशक्त संवादको मिठो सम्मिश्रण भएको धेरै पाठकको बुझाइ थियो। कार्यक्रममा रिदम कडेलले वस्नेतद्वारा नै लिखित गीत सुनाए भने नवराज पराजुलीले ‘पर्खाइ’ शीर्षकको कविता सुनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.