काभ्रे : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले छिमेकी मुलुक भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको बताएका छन्।
बुधबार जिल्लाको धुलिखेलमा आयोजित प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।
नेता बाँस्कोटाले नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो भएको समेत बताए। उनले भने, 'नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएमा ग्लानी लाग्न थाल्यो, निष्पक्ष पत्रकारिताको खाँचो छ।’
उनले नेपाली पत्रकारितामा निष्पक्षता कम हुँदै जाँदा विश्वसनीयताको संकट पैदा भई आम जनतामा पत्रकारिताको महत्वसमेत घट्दै गएको बताए। एमाले काभ्रेका जिल्ला अध्यक्ष तथा धुलिखेल नगरपालिकालका नगर प्रमुख अशोक ब्याञ्जुले काभ्रेका पत्रकारहरूको स्वास्थ्य बिमामा धुलिखेल नगरपालिकाले पत्रकार महासंघ काभ्रे शाखासँग समन्वय गर्ने घोषण गरेका छन्।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य चन्द्र लामा, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, महासंघ पूर्व-अध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष रोजन तामाङ लगातले अधिवेशन सफलताको शुभकामना दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।