|

काठमाडौं :  बुधबार ३० अंकले गिरावट भएको शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार बढेको छ।

बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बिहीबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ। आज ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंकले  बढेको छ।

कारोबारमा आएका २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढे पनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ। बुधबार नेप्सेमा ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ। जसमा जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ४.९ प्रतिशत बढेको छ।

लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

आज कारोबारमा आएकामध्ये मध्य भोटेकोशीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शीवश्री हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। तर यता नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य भने १ प्रतिशत घटेको छ।

आज कारोबार रकमका आधारमा ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। त्यस्तै अपी पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.