|

आयोजक क्यामरुन अफ्रिकन कप अफ नेशन्समा अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ। बिहीबार राति भएको समूह ‘ए’को आफ्नो दोस्रो खेलमा इथियोपियालाई ४-१ ले पराजित गर्दै क्यामरुनले नकआउट चरणमा स्थान बनाएको हो।

फर्वाडर भिनसेन्ट अबुबकर र कार्ल टोको एकाम्बीले समान २-२ गोल गरेपछि इथियोपियामाथि घरेलु टोलीले सहज जित निकाल्यो। तर‚ खेलमा अग्रता भने इथियोपियाले चौंथो मिनेटमै होटेसा दावाको गोलबाट लिएको थियो। तर‚ घरेलु टोलीले आठौं मिनेटमै बराबरी गोल फर्काउन सफल भयो। उसका लागि टोको एकाम्बीले हेड गर्दै टोलिलाई बराबरीमा ल्याए।

पहिलो हाफमा १-१ भएको खेलमा दोस्रो हाफमा अबुबुकारले दुई गोल तथा एकाम्बीले एक गोल गरे। अबुबुकारले ५३ औं मिनेटमा टिमलाई अग्रता दिलाउँदा ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल ५५ औं मिनेटमा गरे। एकाम्बीले ६७ औं मिनेटमा क्यामरुनलाई ४-१ को अवस्थामा पुर्‍याएका थिए। त्यसपछि दुबैतर्फबाट थप गोल हुन सकेन।

त्यस्तै‚ समुह 'ए' कै अर्को खेलमा बुर्किना फासोले केप भर्डेलाई  १-० ले पराजित गर्दै तीन अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लियो। भर्डेलाई पराजित गर्न ४० औं मिनेटमा हसाने बन्डेसले गोल गरेका थिए। आयोजक क्यामरुनसँग पराजित भएपछि अघिल्लो चरण आस कायम राख्न बुर्किना फासोलाई जित्नै पर्ने दबाब थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.