|

काठमाडौं : एनसीसी बैंकले ८ प्रतिशत बोनस दिने निर्णय गरेको छ। बिहीबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभाकाे बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा यस्तो निर्णय गरेको हो।

साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको बैंकले जनाएको छ। 

सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ। सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ। साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ।

बैंकका अनुसार देशैभर उसको शाखा सञ्जाल छ। सातवटै प्रदेशमा गरी  १३७ शाखा‚ १२ वटा एक्सटेन्सन काउन्टर र ११४ वटा एटिएम बुथ सञ्चालन गरी गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.