|

काठमाडौं :  पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले बढेको छ।

गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो। यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिन भने गिरावट आएको छ।

यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १६५.२८ अंकले बढेर भएर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको छ।

अघिल्लो साता  १६७.९७ अंकले बढेको नेप्से परिसूचक यो साता १६५.२८ अंकले बढेको हो तर गत साताको भन्दा यो साता नेप्से परिसूचक २ अंकले गिरावट आएको छ।

पछिल्लो चार महिना देखि निरन्तर रूपमा गिरावट आएको नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर रूपमा बढ्दै गएको छ।

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा उच्च अंकले बढेको थियो। जुन दिन नेप्से परिसूचक परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको थियो।

त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.२१ अंक बढेको थियो भने फ्लोट इन्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.५६ अंक बढेको थियो।

आइतबार कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

त्यस्तै साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक वृद्धिमा निरन्तरता पाएको थियो। उक्त दिन नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको थियो।

सोमबारको कारोबारमा आएका २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार पनि नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको थियो। त्यस्तै यस दिन ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इन्डेक्स ६.३४ अंक बढेको थियो भने फ्लोट इन्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि  २.२४ अंक बढेको थियो मंगलबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको  थियो।

बुधबार भने सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको थियो। त्यस्तै सेन्सेटिभ इन्डेक्स ७.०४ अंक, फ्लोट इन्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१७ अंक घटेको थियो।

बुधबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।  नेप्से घटे पनि बुधबारको कारोबार रकम भने ८ अर्ब माथि नाघेको थियो।

त्यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार भने बजार बढेको छ। बिहीबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ। ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इन्डेक्स पनि ८.९४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.३४ अंकले  बढेको छ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ। गतसाता २ खर्ब  ३६ अर्ब २ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति यो साता २ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँले बढेको छ।

गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कुल ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो। यो साता २ खर्ब  ६ अर्ब ७८ करोड रुपैयाँ सम्पत्ति बढेर ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.