|

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गएको छ।

शुक्रबार मात्र उपत्यकामा २ हजार ६०७ थपिएका हुन्। काठमाडौंमा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ। यसैगरी ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबार मात्र काठमाडौंमा १ हजार ४३९ जनामा कोरोना देखिएको थियो। यसैगरी ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना थपिएका थिए। आजमात्र देशभर ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्।  १३ हजार ४७४ जनाको पिसिआर र ७ हजार ८६ जनामा  एन्टिजेन परीक्षण गरिएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.