|

काठमाडौं : पछिल्लो समय आइसियु र भेन्टिलेटरमा पुग्ने बिरामीको संख्या बढेको छ।

एक हप्तामा देशभर कोरोनाका संक्रमणका बिरामी आइसियु र भेन्टिलेटरमा पुग्ने संख्यामा उल्लेख्य वृद्धि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबारसम्म देशभर आइसियुमा १११ जना रहेका छन् भने भेन्टिलेटरमा २५ जना रहेको मन्त्रालयको तथ्यांकमा रहेको छ।

प्रदेश १ मा १७ जना आइसियुमा रहेका छन् भने ६ जना भेन्टिलेटरमा रहेका छन्।

यसैगरी प्रदेश २ मा ४ जना आइसियुमा रहेका छन्। बागमतीमा ७० जना आइसियुमा रहेका छन् भने १४ जना  भेन्टिलेटरमा रहेका छन्।

गण्डकीमा ५ जना आइसियुमा र ३ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी लुम्बिनीमा १३ जना आइसियुमा छन् भने १ जना भेन्टिलेटरमा रहेका छन्।

सुदूरपश्चिममा  २ जना आइसियुमा रहेका छन् भने १ जना भेन्टिलेटरमा पुगेका छन्।

गत पुस २४ गते आइसियुमा ८१ जना थिए भने  भेन्टिलेटरमा १४ जना थिए।

जहाँ प्रदेश १ मा ७ जना आइसियुमा रहेका थिए भने ३ जना भेन्टिलेटरमा रहेका थिए।

प्रदेश २ मा १ जना आइसियुमा थिए भने भेन्टिलेटरमा कोही पनि थिएन। बागमतीमा ५८ जना आइसियुमा थिए भने भेन्टिलेटरमा ११ जना थिए।

गण्डकीमा ४ जना आइसियुमा थिए।  लुम्बिनीमा ९ जना थिए।  सुदूरपश्चिममा २ जना आइसियुमा थिए भने भेन्टिलेटरमा कोही पनि थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.