|

चितवन : त्रिशूली नदीमा स्कर्पियो कार अनियन्त्रित भई खस्दा चालकसहित सातजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज साँझ साढे पाँच बजे चितवनको इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलस्थित नारायणगढ–मुग्लिङ सडकखण्डमा नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो।

दुर्घटनाबाट गाडीमा सवार सातजना घाइते भएका छन्। उपचारका लागि उनीहरूलाई भरतपुर  पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना र त्यसमा सवार व्यक्तिहरुबारे थप जानकारी आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.