|

दाङ : दाङमा प्रहरीले लेनदेन मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ निवासी २८ वर्षीय राजेन्द्र गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

गुप्तालाई दाङ जिल्ला अदालतले लेनदेन मुद्दामा २ वर्ष कैद फैसला तोके पनि उनी फरार रहेका थिए।

उनलाई खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो साढे ३ बजेतिर घोराही-१५ तुलसीपुर चोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

त्यस्तै उनलाई शुक्रबार दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.