|

अफ्रिका कप अफ नेशन्समा मोरोक्कोले नकआउटमा स्थान पक्का गरेको छ। शुक्रबार भएको खेलमा मोरक्कोले क्यारुनलाई २-० ले पराजित गर्दै  अन्तिम १६ मा स्थान बनाएको हो। समूह 'सी' मा  मोरोक्कोको यो लगातार दोस्रो जित हो।

मोरोक्कोको जितमा अमलाहले १६औँ मिनेटमानै गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। अधिकासं समय १-० को अग्रता बनाएको मोरोक्कोले दोस्रो गोल भने निर्धारित समय सकिन १ मिनेट बाँकी हुँदा संभव बनायो।

त्यस्तै, सोही समूहमै भएको अर्को खलमा घाना ग्याबोनसँग १-१ गोलको बराबरीमा रोकियो। घानाविरुद्ध ग्याबोनले गरेको एक विवादास्पद गोल बराबरीका लागि पर्‍याप्त भयो। १८औँ मिनेटमा आन्द्रे आय्युले घानालाई सुरुवाती अग्रता दिलाएका थिए। ८८औँ मिनेटमा ग्याबोनले जिम एलेभिनाहको गोल गर्दै खेल बराबरीमा ल्याए।अतिरिक्त समयमा घाना १० खेलाडीमा सीमित भएको थियो।

त्यस्तै, शुक्रबार नै भएको खेलमा मालविले जिम्बाब्वेलाई २-१ ले पराजित गर्दै दोस्रो खेलमा पहिलो जित निकाल्यो। जिम्बाब्वेले वादीको गोलमार्फत सुरूवाती अग्रता लिएपनि मालविले पुनरागमन गर्दै तीन अंक हासिल गर्‍यो। त्यस्तै अर्को खेलमा सेनेगल गिनीसँग गोलरहित बराबरीमा रोकियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.